Skip to content

मूल्यवृद्धि खारेज गर्न माग गर्दै नेविसंघले विरोध प्रर्दशन

Kalopati

4 years ago

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन सुरु गरेको छ ।

शुक्रबार नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले काठमाडौंको कोटेश्वर, मिन भवन, माईतीघर मण्डलालगायतका स्थानमा भेला भई पेट्रोलियम पदार्थसहितको दैनिक उपभोग्य बस्तुहरुमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन । त्यस क्रममा उनीहरुले मूल्य वृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरेका छन । मूल्य वृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर अभियान समेत संचालन गरिएको र त्यो छिट्टै सरकारले बुझाउने नेपाल विद्यार्थी संघ, प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष आर्दश मल्लले जानकारी दिए । उनले कोरोना संकटमा पनि सरकारले दैनिक उपभोग्य बस्तुहरुको चर्को मूल्य वृद्धि गरेकाले त्यसको विरोध गर्नु परेको स्पष्ट पारे ।

विरोध प्रर्दशनमा नेपाल विद्यार्थी संघ, अस्कल क्याम्पसका ईकाई समिति, नेपाल कमर्श क्याम्पसका ईकाई समिति, कोटेश्वर बहुमुखी क्याम्पसका इकाई समिति र प्राविधिक विद्यार्थी परिषदले नेतृत्व लिएका छन । उनीहरुले मूल्य वृद्धि खारेज गर्ने आफूहरुको अभियानमा साथ दिन आह्वान गर्दै ‘मूल्य वृद्धि खारेज गर’ लेखिएको मास्क समेत सर्वसाधारणलाई वितरण गरेका थिए ।

नेपाल आयल निगमले गत बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि ३ रुपैयाँ मूल्य बढाएको छ । यसले अन्य दैनिक उपभोग्य बस्तुहरुको समेत मूल्य वृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरु प्रर्दशनमा उत्रिएका हुन ।

 

Leave your comment

Related News