आज बेग्लाबेग्लै समयमा देशका प्राय: सबै भागमा पानी पर्ने

Ad
  • Kalopati

आज बेग्लाबेग्लै समयमा देशका प्राय: सबै भागमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका जिल्लामा बिहानैदेखि पानी परेको छ भने अन्य क्षेत्रमा दिउँसो तथा साँझ पानी पर्ने मौसमविद् विभूति पोखरेलले बताइन् । ‘सुर्खेतमा बिहानै मेघगर्जनसहित वर्षा भइरहेको छ,’ मौसमविद् पोखरेलले भनिन्, ‘साँझपख काठमाडौंसहित मध्य क्षेत्र र पूर्वी क्षेत्रमा पनि वर्षा हुने सम्भावना छ।’

यस्तै प्रिमनसुन भएकाले वर्षाका साथ चट्याङ, हावाहुरीको पनि स्वाभाविक रूपमा सम्भावना रहने उनले बताइन । मौसम पूर्वानुमान महाशाखाले आज ६ बजेको मौसम बुलेटिनमा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘देशको पहाडी साथै पश्चिमी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

महाशाखाले जारी गरेको ३ दिने मौसमको पूर्वानुमान यस्तो छ :

बैशाख २५गते (बिहीबार)

दिउँसो : देशको पश्चिमी भू-भागमा सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।देशको पश्चिमी भू-भागका केहि स्थानहरूमा र मध्य/पूर्वी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना छ।

राति : देशभर सामान्य बदली रहने छ। देशको मध्य/पूर्वी भू-भागका केहि स्थानहरूमा र पश्चिमी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना छ।

बैशाख २६ गते (शुक्रबार)

दिउँसो : देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ ।देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना छ।

राति : देशको पहाडी भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

बैशाख २७ गते (शनिबार)

दिउँसो : देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ ।देशको पश्चिमी /मध्य भू-भागका केहि स्थानहरूमा साथै पूर्वी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना छ।

राति : देशको पहाडी भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: