प्रवासमा अलपत्र नेपालीको उद्धार र व्यवस्थापनका लागि छिट्टै पहल गर्छौँः मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री भट्ट
Ad
  • Kalopati

धनगढी, जेठ ५ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रवासमा अलपत्र परेका नेपाली नागरिकहरुको उद्धार गर्ने बताउनुभएको छ । कालोपाटीसँगको अन्तर्वार्तामा बोल्दै मुख्यमन्त्री भट्टले लकडाउनका कारण अलपत्र परेका सुदुरपश्चिमेली जनताको छिट्टै व्यवस्थापनमा पहल गर्ने बताउनुभयो ।

हामीले मात्र होइन संघिय सरकार र विश्वले नै अवलम्बन गर्दै आएको लकडाउनको पालन सबैले गर्नुपर्छ । मुख्यमन्त्री भट्टले भन्नुभयो, सम्भव भएसम्म आफु जहाँ छौँ त्यहिँ बसौँ । अत्यन्तै मर्कामा परेका र बाटोमा अलपत्र परेका सम्पुर्ण उद्धारका लागि चाँडै पहल गर्नेछौँ । भारतमा रहेका नेपालीहरुलाई पनि बसेकै ठाउँमा भारत सरकारले पनि व्यवस्थापन गर्नुपर्छ र हामी पनि नेपालीको दुःख प्रति चिन्तित छौँ र उद्धारका लागि चाँडै पहल गर्नेछौँ, उहाँले भन्नुभयो ।

कोरोना भाइरस विश्व माहामारी भएको र यसले ठुलो, सानो, धनि, गरिब कसैलाई पनि नहेर्ने भएको भन्दै मुख्यमन्त्री भट्टले कोरोना सँगको युद्धमा सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले प्रवासिय नेपाली नागरिकको समस्याको समाधान छिट्टै गर्ने प्रतिबद्धता गर्दै सबै नेपाली नागरिकलाई धैर्य गर्न समेत आग्रह गर्नुभएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: