ईसेवाले जनता झुक्याएको पोल खुलेपछि सामाजिक संजालमा ट्रेन्ड- ‘ब्यान इसेवा’ !

Ad
  • Kalopati

काठमाडौँ । केहि समय अगाडी मालिकले एक मिडिया नै ह्याक गर्न खोजेको प्रकरणपछि एकाएक झन् बढी विवादमा आएको इसेवा पुन: विवादमा आएको छ । जनता झुक्याउने र आफ्नालाई उपहार दिने गरेको पोल खुलेपछि सामाजिक संजालमा #BanEsewa  ट्रेन्ड नै चलिरहेको छ । डिजिटल मनि वालेटको सुबिधा दिदै आएको इ-सेवा ले विभिन्न अफर लिएर आउने गरेको छ । जसमध्ये अधिकांस विवादित छन् भन्ने चर्चा चलिरहेका बेला यसपालीको अफर भने बढी नै विवादित बनेको पाइएको छ ।  पछिल्लो समय “५० मा आइफोन प्रो ” अफरलाइ लिएर इसेवा विवादमा परेको देखिएको छ।

किन भयो त  विवादित ?

इ सेवाले दिने अफरको नतिजा निकाल्दा भिभिन्न भाडोमा राखिएको बल झिक्ने गरिन्छ।  प्रत्येक बलमा नम्बर लेखिएको हुन्छ । भिन्न भाँडोबाट निकालिएको बल संगै राख्दा जुन नम्बर आउछ , त्यहि नम्बर बिजेता भएको घोषणा गरिन्छ । स्मरण रहोस् यस्ता अफरहरुमा एकदम थोरैको संख्यामा मात्र उपभोक्ता सहभागी हुने गर्छन् ।  त्यसैले झिकेर निकालिएको नम्बर उपभोक्तालाइ पर्ने अनुपात एकदम नुन्य रहन्छ ।  त्यसमाथि पनि बुधबार, इसेवा को नतिजा हेरेरै निकालिएको पोल खुलेपछि इसेवा विवादमा  तानिएको हो  ।

अफरको नतिजा निकाल्न नंदिराज पाण्डेलाइ बोलाईएको थियो । तर उनले नम्बर अंकित बल हेरेरै निकालेपछि इसेवा  विवादित बनेको हो । अर्थात इसेवाले कसलाई उपहार दिने भनेर पहिला नै तोकी बिजेता घोषणा गरिएको भन्दै सामाजिक संजाल तातेको छ । यद्यपी इसेवाले भने नम्बर हेरेर ननिकालिएको दाबी गरेको छ । हेर्नुहोस् विवादित बनेको भिडियो :

Ad

RELATED POSTS

YOUR FEEDBACK: