१० भदौ ,काठमाडौँ। नेकपा एमालेले बिहीबार मध्यान्ह १२ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले विभाजन पछि पहिलाे पटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हाे ।
बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बोलाइएको हो भने बैठकको नेतृत्व केपी ओलीले गर्दैछन्।
बैठक पार्टी विभाजनपछिको रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्ने विषयमा केन्द्रित रहने छ भने पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यको कारबाही प्रक्रिया अगाडि बढाउने बिषयमा पनि छलफल हुनेछ।