धनगढीमा विप्लपले जलायो भारतिय प्रधानमन्त्री मोदीको पुत्ला, भन्छ,’लिपुलेक, कालापानि र लिम्पियाधुरा हाम्रै हो’

पुत्ला दहन
Ad
  • Kalopati

धनगढी, बैशाख ३० ।
नेपाली भुमि लिपुलेकमा सडक बनाएर भारतले नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि हस्तक्षेप गरेको विरोधमा कैलालीको धनगढीमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी धनगढी नगर कमिटीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो निर्माण गरेपछि नेकपाले देशव्यापी संघर्षको घोषणा गरेको थियो । संघर्षको कार्यक्रम अनुसार सोमबार नेकपाले पुत्ला दहन गरेको हो ।

पुत्ला दहन कार्यक्रमपछि कोणसभालाई सम्बोधन गर्दै नेकपा धनगढी नगर कमिटी इन्चार्ज अनमोलले कोरोना भाइरसको महामारीको अवसर छोपेर भारतीय साम्राज्यवादले नेपाली भूमिमा सडक सञ्चालन गरेको भन्दै नेपाली भूमिमाथिको हस्तक्षेप विरुद्ध जनस्तरबाट प्रतिरोधी गरिने चेतावनी दिए ।

राष्ट्रियताको आन्दोलनमा देशभक्त नेपालीहरुमाथि राज्यले दमन गर्दै आएको भन्दै लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्ता लगायत नेपाली भूमि मिचिएको बिषयमा पार्टीले सुरुदेखि नै संघर्ष गर्दै आएको बताए ।साथै भारतीय बिस्तारवादको आन्दोलनमा एकजुट भएर लाग्न सबैलाई अपिल समेत गर्नुभयो।

Ad

RELATED POSTS

YOUR FEEDBACK: