सुदूरपश्चिममा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० पुग्यो

कोरोना भाइरस
Ad
  • Kalopati

धनगढी, जेठ १५ ।
सुदूरपश्चिममा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोेगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण  पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या २० पुगेको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले तीन जना संक्रमितको थपिएको पुष्टि गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।

नयाँ संक्रमितमध्ये दुई जनाको टीकापुर र एक जनाको दार्चुला अस्पतालमा उपचार भइरहेको छ । नयाँ संक्रमितहरुको संख्याका बारेमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले संसदको बैठकमा जानकारी गराएका हुन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: