वैज्ञानिक वनका विरुद्धमा विप्लवको विज्ञप्तिः भन्छ, वैज्ञानिक वनको नाममा फडानी कदापि हुन दिन्नौँ

विप्लपको विज्ञप्ति
Ad
  • Kalopati

धनगढी, जेठ १५ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट युवा संगठन कैलालीले वनमा भइरहेको फडानीप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार युवा संगठनका कैलाली जिल्ला अध्यक्ष बिष्णुले एक विज्ञप्ति जारी गर्दै संगठनको ध्यानाकर्षण भएको जनाएका हुन ।

लकडाउनको मौका छोपी केही भ्रष्ट वन कर्मचारीको संरक्षण एवम् निर्देशनमा बैज्ञानिक वनका नाममा कैलाली जिल्लामा पर्यावरणीय संम्वेदनशिलता संग जोडिएका राष्ट्रिय अन्तर्रा्िट्रय मुल्य मान्यताको धज्जी उडाउदै अनियंत्रित ढङ्गबाट वन फडानी भैरहेको घट्नाप्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ,जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै वैज्ञानिक वनको विरुद्धमा विज्ञप्ति निकाल्दै भविष्यमा वातावरणीयमा प्रभाव पर्ने असरलाई रोक्नु हाम्रो दायित्व र कर्तव्य हो। त्यसैले बैज्ञानिक वनको नाममा वन फडानी कदापि गर्न नदिने बताएका छन् । विज्ञप्तिमा लेखिएको छ, वन तस्कर र दलालहरुलाई जनकार्वाही गर्ने केन्द्रिय निति नै रहेको छ । त्यसैले बैज्ञानिक वनको नाममा भैरहेको वन फडानी रोक्न आम उपभोक्ता र स्थानिय जनसमुदायलाई हार्दिक अपिल गर्दछौं।’

Ad

RELATED POSTS

YOUR FEEDBACK: