बझाङको बुंगल नगरपालिकामा बाघको छालासहित एक जना प्रक्राउ

बाघको छालासहित एक जना प्रक्राउ
Ad
  • Kalopati

बझाङ, जेठ १२ ।
बझाङको बुंगल नगरपालिकामा एक जना बाघको छालासहित प्रक्राउ परेका छन्। जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ११ का ३३ वर्षीय प्रेमबहादुर बोहरालाई आइतबार राति एक थान बाघको छालासहित प्रक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

गोप्य सूचनाका आधारमा बोहराको घरमा खानतलास गर्दा बाघको छाला लुकाईछिपाई राखेको अवस्थामा बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नेत्रबहादुर बोहराले बताए।

उनको साथबाट राततिको करीब १ बजेको समयमा ८ फटि २ ईन्च लम्बाई र बिचको भागको चौडाई २६ इन्च भएको चितुवाको १ थान र चितुवाको ३ किलो पाँचसय ग्राम हड्डी बरामद गरीएको छ । 

पक्राउ परेका बोहरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइरहेकोे प्रहरी निरीक्षक बोहराले बताए।

Ad

RELATED POSTS

YOUR FEEDBACK: