धनगढीमा विवादका बिच राहत बाडिँदै, वडा नं. १२मा जनप्रतिनिधिले हातपात गर्न खोजेको आरोप

जुगेडामा राहत वितरण गरीदै
Ad
  • Kalopati

धनगढी, जेठ १२ ।
धनगढी उप-महानगरपालिकामा भएको राहत विवादले टुङ्गो नपाउदै राहत वितरण कार्य सुरु भएको छ । उप-महानगरपालिकाको वडा नं. १२ जुगेडामा राहत वितरण कार्य सुरु गरीएको छ । 

राहत वितरणको क्रममा स्थानिय जनप्रतिनिधिले आफुमाथि  हातपात  गर्नखोजेको स्थानिय महिला अन्जली साहीको आरोप छ  ।  साहीले राहत वितरण सहि ढ्गले वितरण नगरीएको र सवैलाई समान ढङ्गले राहत वितरण गर्न सुझाउदा स्थननिय  जनप्रतिनिधिले हातपात गर्न खोजेको बताईन् । 

कोरोना भाइरसका कारण समस्यामा परेका गरिब तथा मजदुरहरुलाई वितरण गरिने राहतको विषयमा धनगढी उपमहानगरपालिका यसभन्दा अगाडीदेखि नै विवादित बन्दै आएको थियो । २ करोड ६१ लाखमा ठाकुर ट्रेड लिंकसँग सम्झौता गरि वितरण गरिदै आएको राहतको चामल गुणस्तरहिन प्रमाणित भएपछि उक्त विषय अख्तियारमा समेत पुगेको थियो । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त सम्झौता प्रक्रिया सार्वजनिक खरिद ऐन विपरित भएको र यसमा मिलेमतो हुनसक्ने भनि दावि समेत गरेको छ । उक्त विषयका बारेमा धनगढी उपमहानगरपालिकामा गठन गरिएको छानबिन समितिले पनि ठाकुर ट्रेड लिंकलाई हदैसम्मको कारबाही गर्न सुझाएको थियो । यति हुँदा हुँदै पनि कारबाही र सम्झौता रद्ध नगरी मनपरि रुपमा धनगढी उपमहानगरपालिका वडा नं. १२ जुगेडामा राहत वितरण गर्न थालिएपछि फेरी पनि विवाद उत्पन्न भएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: