भारतको पलियामा अलपत्र झण्डै २०० नेपाली नागरिक, मातृभुमि प्रवेश गराउन सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध

अलपत्र नेपाली
Ad
  • Kalopati

धनगढी, जेठ ५ ।
भारतको लखिमपुरखिरि पलियामा झण्डै दुई देखि तिन सयको हाराहारीमा नेपालीहरु अलपत्र परेका छन् । भारतका विभिन्न सहरबाट स्वदेश फर्कने भन्दै आएका उनिहरु पलियामा अलपत्र परेका हुन् ।
भारतको पलिया क्वारेन्टाइनमा अलपत्र परेका उनिहरुले खाना, बस्नको व्यवस्था नै नभएको गुनासो पोख्न थालेका छन् ।

स्वदेश फर्कने आशमा हिँड्यौँ अहिले यहाँ अलपत्र परियो । न खानको व्यवस्था छ न त बस्नको उचित व्यवस्था छ । मर्न परेपनि आफ्नै देशको माटोमा मर्छौँ, सरकारको हरेक नियम मान्न तयार छौँ तर हामीलाई नेपाल प्रवेश गराईदिनुपर्यो, उनिहरुले भने । प्रदेश सरकार आफुहरुका अभिभावक भएको भन्दै उनिहरुले सुदूरपश्चिम प्रदेश सरकारलाई नेपाल प्रवेश गर्ने वातावरण मिलाईदिन आग्रह गरेका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: