कैलालीको त्रिनगर भन्सारमा अलपत्र ५० बढी नेपाली नागरिकलाई पलियाँ क्वारेन्टाइनमा लगियो

नेपाली अलपत्र
Ad
  • Kalopati

धनगढी, जेठ ५ ।
कैलालीको त्रिनगर भन्सार नाकामा भारतका विभिन्न सहरबाट आएका ५० नेपालीहरुलाई भारतको लखिमपुरखिरि पलियाँ क्वारेन्टाइनमा लगिएको छ । भारत सरकारले पास दिएलगत्तै विभिन्न मुम्बई, पिलिभित, राजिस्थान, बेंगलोर लगाएतका सहरबाट आएका उनिहरुलाई पलियाँको क्वारेन्टाइनमा लगिएको हो ।

कोरोना भाइरसका कारण लकडाउन गरिएपछि रोजगारी गुमाएका र समस्यामा परेका नेपालीहरु स्वेदश फर्कनको लागि आइतबार गौरिफन्टा नाकामा पुगेका थिए । तत्कालै नेपाल प्रवेश गराउने वातावरण नभएका कारणले उनिहरुलाई भारतको क्वारेन्टाइनमा पठाइएको हो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: