कैलालीमा लकडाउनको समयमा अवैध ब्रान्डेड तथा घरेलु मदिरा बरामद

मदिरा बरामद
Ad
  • Kalopati

धनगढी, जेठ ०४ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीले लकडाउनको समयमा अबैध रुपमा ओसारपोसार गरिएका ९३ हजार बढिको मदिरा बरामद गरेको छ । 
कोरोना रोकथामका लागि देशभर जारी लकडाउनको समयमा अबैध रुपमा ओसारपसार गरिएका बिभिन्न ब्राण्डका ९३ हजार ५ सय ६२ रुपैया मुल्य बराबरको मदिरा बरामद गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्टले जानकारी दिए ।

उनका अनुसार ३० हजार ६ सय ८३ मूल्य बराबरका १४ पेटी सौफि नामक मदिरा बरामद गरिएको छ भने १५ हजार बराबरको १ पेटी भोड्का ,१० हजार बराबरको २ पेटी सिप्ट , ८ हजारका २ पेटी बाइन बरामद गरिएको छ । यस्तै ८ हजार ८ सय मूल्यको ४ पेटी बियर , ४ हजार ९ सयको ७ पेटी गिलेण्डर , ३ हजार ५ सयको ५ पेटी लिच्ची , ७ सयको १ पेटी महाकाली , ७ सयको १ पेटी रुची , १४ सयको २ पेटी टेष्टी , २ हजार ३ सयको २३ पिस उड , ५ हजार ८ सय ३३ को ४ पेटी ५५ पिस रहर र १५ सय ४६ मूल्य बराबरको १ पेटी २८ पिस एम्बिबसन नामक मदिरा बरामद गरिएको प्रहरी प्रमुख डिएसपी बिष्टले बताए ।

उनले लकडाउनको अबधिमा चलेका बिभिन्न सवारी साधनहरुमा अबैध रुपमा ओसार पसार गरिरहेका अबस्थामा फेला पारेर बरामद गरिएको बताए । बिषेश गरेर मसुरिया , ओलानी , गोदावरी क्षेत्रवाट उक्त मदिराहरु बरामद गरिएको उनले बताए । उनले यो संगै करिब १ सय लिटर अबैध घरेलु मदिरा पनि बरामद गरिएको बताए ।
बरामद गरिएको अबैध घरेलु मदिरा नष्ट गरिएको बताउदै उनले अन्य मदिरा भने आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय धनगढीमा पठाइएको बताए । उनले लकडाउनको समयमा भैरहेको अबैध कृयकलापहरु रोक्नका लागि प्रहरीले चौबिसै घण्टा निगरानी गरिरहेको बताए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: