Skip to content

टिपरको ठक्करले बालिकाको मृत्यु

Kalopati

4 years ago

भक्तपुर । चाँगुनारायण नगरपालिका–८ सुडाल रानीबारीमा आज सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ७३५२ नं को टिपरको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ । टिपरको ठक्करले काभ्रे महाभारत गाउँपालिका–२ घर भई हाल सुडालस्थित इँट्टाभट्टामा काम गर्ने सूर्यबहादुर मगरकी आठ वर्षीया छोरी विनिताको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

ठक्करबाट घाइते बालिकाको ख्वप अस्पताल च्यामासिंहमा प्राथमिक उपचारपछि मध्यपुर अस्पताल थिमिमा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो । चालक भक्तपुर नगरपालिका–८ जेला बस्ने २७ वर्षीय राजेश कुस्मा र टिपरलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जगाती भक्तपुरमा राखेको उहाँले बताए । –रासस

Leave your comment

Related News