मन्त्री गहतराजले गरे १०४ हज यात्रीलाई विदाइ

Ad
  • Kalopati

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले १०४ हज यात्रीलाई बिदाइ गरेका छन् । मंगलबार बिहान मन्त्री गहतराजले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने हज यात्रीलाई बिदाइ गरेका हुन् ।

मन्त्री गहतराजले आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजका लागि मक्का मदिना जान लागेका १०४ हज यात्रीहरुलाई दोसल्ला ओढाएर बिदाइ गरेका हुन् । बिदाइ हुनेहरुमा बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हज यात्री तथा १ जना प्रतिनिधी रहेका छन ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: