कामना सेवा विकास बैंकले शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने, जनस्तरमा पहुँच पुर्याउने उद्देश्य

Ad
  • Kalopati

काठमाडौं । कामना सेवा विकास बैंकले शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने भएको छ । सोमबार बैंकले काठमाडौँ महानगरपालिका भित्र रहेका ८ वटा शाखा कार्यालयहरूका शौचालयलाई प्रयोग गर्न दिने गरि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

नगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको महानगरको आह्वान अनुरुप बैंकले आफ्नो ऐक्यबद्धता जनाएको हो । सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्नेछ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: