तनहुँमा मतगणना जारी, गठबन्धन तथा एमालेको अग्रता

Ad
  • Kalopati

तनहुँ ।  स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना जारी रहेको तनहुँको नौ पालिकामध्ये चार पालिकामा नेकपा एमाले, तीन पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसले शुक्लागण्डकी नगरपालिकाको प्रमुख, भानु नगर प्रमुख, उपप्रमुख र ऋषिङ गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा अग्रता लिएको छ ।

एमालेले म्याग्दे गाउँपालिकाको अध्यक्ष, भीमाद नगर प्रमुख, उपप्रमुख, देवघाट गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष, घिरिङ गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा अग्रता लिएको छ । यसैगरी माओवादी केन्द्रले बन्दीपुर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष र आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा अग्रता लिइरहेको छ ।

व्यास नगरपालिकामा भने मतगणना सुरु भएको छैन । व्यास नगरपालिका–८ को दुई वटा मतदान केन्द्रमा जेठ ४ गते पुनः मतदान भएपछि मात्रै यहाँको मतगणना सुरु हुने जनाइएको छ । जिल्लामा हालसम्म ८५ वडामध्ये १२ वडाको नतिजा सार्वजनिक भइसकेको छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: