बुटवलमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले ६ सय ३ मत प्राप्त गरि बनाए फराकिलो मतान्तर

Ad
  • Kalopati

काठमाडौं । बुटवल उपमहानगरमा कांग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले ६०३ मत प्राप्त गरेर मतान्तर थप फराकिलो बनाएका छन् । १४ सय मतगणना हुँदा कांग्रेसका मेयर उम्मेदवार पाण्डेले ६०३ मत प्राप्त गरेका हुन् । राप्रपाका मेयर उम्मेदवार मृगेन्द्र शेरचनले दोस्रो स्थानको मत ल्याएका छन् । उनले ३०२ मत प्राप्त गरेका छन् ।

एमालेका मेयर उम्मेदवार बाबुराम भट्टराई २३९ मतसहित तेस्रो स्थानमा छन् । उपमेयरमा भने राप्रपा उम्मेदवार भगवती पाण्डेले अरुलाई पछि पारेकी छन् । पाण्डेले ३१९ मत ल्याउँदा एमालेबाट उपमेयर उम्मेदवार बनेकी सावित्रा अर्यालले २९४ मत ल्याएकी छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: