नेपालले जिम्बाबे एसँग तेस्रो टि २० क्रिकेट प्रतिष्पर्धा गर्ने

Ad
  • Kalopati

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार जिम्बाबे एसँग तेस्रो टि २० क्रिकेटमा प्रतिष्पर्धा गर्दैछ । खेल दिउँसो १ बजे त्रिभूवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा शुरु हुनेछ । पहिलो खेलमा ६ विकेटले पराजित भएको नेपाल बुधबार जित निकाल्दै तीन खेलको टि २० श्रृंखला जोगाउन प्रयासरत हुनेछ ।

सिरिजको दोस्रो खेल भने वर्षाका कारण स्थगित भएको थियो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय श्रंखलाको तयारीस्वरुप नेपाले अहिले घरेलु मैदानमा जिम्बाबे एसँग अभ्यास गरिरहेको हो । आउँदो जेठ २३ देखि असार २ गतेसम्म अमेरिकामा हुने त्रिदेशीय श्रृंखलामा नेपाल अमेरिका र ओमान रहेका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: