नेपाली काँग्रेसले बुधबारबाट देशका विभिन्न स्थानमा आमसभा गर्दै, हेर्नुहोस् कुन-कुन ठाउँमा कहिले हुँदैछ ?

Ad
  • Kalopati

काठमाडौं । नेपाली काँग्रेसले विराटनगरमा आमसभा गर्दैछ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै चुनावी आमसभा गर्न लागिएको हो । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा मोरङको विराटनगर जाँदै तयारीमा छन् ।

साथै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरुले सभालाई सम्बोधन गर्ने पार्टीले जनाएको छ । काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आजबाट देशभरका विभिन्न १० स्थानमा चुनावी सभा गर्ने भएको हो ।

जसअनुसार आज पहिलो दिन विराटनगर, वैशाख २२ गते दोस्रो दिन भरतपुर, वैशाख २३ गते तेस्रो दिन काठमाडौं, वैशाख २४ गते चौथो दिन रुपन्देही र सोही दिन दिउँसो तनहुँ, त्यस्तै वैशाख २४ गते नै जनकपुर, वैशाख २५ गते पाँचौ दिन पोखरा र दाङ, वैशाख २६ गते छैटौं दिन धनगढी र वैशाख २७ गते डडेल्धुरामा आमसभा गर्ने तालिका रहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: