बाढीले कटान गरेको क्षेत्र हुन सकेन संरक्षण, वर्षायाम सुरु भएसँगै स्थानीय चिन्तामा

Ad
  • Kalopati

तनहुँ । ब्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रका स्थानीय वर्षायाम सुरु भएसँगै चिन्तित हुन थालेका छन् । गत वर्ष मादी नदीमा आएको बाढीले बस्तीको क्षेत्र कटान गरेपछि उचित संरक्षण हुन नसक्दा उनीहरु चिन्तित भएका हुन् । बस्तीदेखि करिव ७० मिटर दूरीमा मादी नदी बगेकाले उक्त क्षेत्र जोखिममा रहेको पाटन टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।

उनका अनुसार अघिल्लो वर्ष तटबन्धको लागि सम्बन्धित निकायमा हारगुहार गरे पनि कुनै सुनुवाइ भएन । “अहिले नगरको ३ नंवर वडास्थित भतेरीमा तटबन्ध निर्माण गर्न लागेपछि सिधैँ पाटन क्षेत्रमा असर पर्ने देखिन्छ” उनले भने । मादी नदी कटानका कारण त्यसक्षेत्रका करिब ६६३ घरधुरी जोखिममा परेका हुन् । नगरको चौध वडामध्ये बाह्र वडा मादी नदीवारी र दुई वडा मादी नदीपारी पर्दछन् ।

वर्षात् हुन थालेपछि नदी किनार आसपासका बासिन्दा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको तल्लो पाटन खानेपानी संस्थाका अध्यक्ष टङ्कबहादुर थापाले बताए । नदीकटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत जोखिममा पर्ने देखिएको छ । यदी समयमै यसतर्फ ध्यान नदिए करोडौँको क्षति व्यहोर्नुपर्ने बताइन्छ ।

त्यस क्षेत्रमा पर्ने वृद्धाश्रम, भजनकीर्तन भवन, गुरुकूल आश्रम, पाटन खेलकूद मैदान, पाटन पराशर पार्क, भूपु भवन, सामुदायिक भवन, पराशर माध्यमिक विद्यालयलगायतको संरचनामा क्षति पुग्ने देखिएको हो । तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास रहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: