नेपाल फोटो पत्रकार मंचले गर्यो खुल्ला फोटो प्रदर्शनी, इतिहासको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्य

Ad
  • Kalopati

काठमाडौं । ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकारहरुको संस्थाहरु फोटो प्रदर्शनी गरेकाछन् । मंगलवार बसन्तपुरमा पिजे क्लव र नेपाल फोटो पत्रकार मंचले खुल्ला फोटो प्रदर्शनी गरेको हो । प्रदर्शनीमा फोटो पत्रकारहरुले पत्रकारिता गर्दैगर्दा भोगेका दुःख र जोखिमहरुलाई अभिव्यक्त गर्ने किसिमका ३० वटा फोटोहरु राखिएका छन् ।

प्रदर्शनी आज एकदिन सम्म चल्ने नेपाल फोटो पत्रकार क्लव पिजे क्लब कि अध्यक्ष श्रुति श्रेष्ठले बताए । प्रदर्शनीमा फोटो पत्रकारहरुले काम गर्ने क्रममा कत्तिको जोखिम, संघर्ष र चुनौती मोलेर काम गरिरहेका हुन्छन् भन्ने देखाउनेगरी फोटोहरु प्रदर्शन गरिएको उनले बताए । त्यसैगरी फोटो पत्रकारिताको इतिहासको बारेमा पनि सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले खुल्ला रुपमा प्रदर्शनी गरिएको उनले उल्लेख गरे ।

‘लेन्सबाट फोटो पत्रकारिता’ मुल नारा दिई गरिएको फोटो प्रदर्शनीका लागि नेपाल पत्रकार महासंघ र सेन्टर फर मिडिया रिसर्च नेपालले सहयोग गरेका छन् । त्यसैगरी, ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसकै अवसरमा वसन्तपुरमै राष्ट्रिय फोटो पत्रकार समुह नेपालले पनि ‘नेपाल इन लकडाउन’ नाम दिई फोटो प्रदर्शनी गरेको छ । सो प्रदर्शनीमा कोभिड–१९ महामारीका कारण भएको लकडाउनको समयमा खिचिएका फोटोहरु प्रदर्शन गरिएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: