प्रचण्ड र माधव नेपालसँग विप्लव समूहका नेताहरुको भेटर्वाता

Ad
  • Kalopati

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले विप्लव समूहका नेताहरुसँग भेटवार्ता गरेका छन् । नेपाल निवास कोटेश्वरमा विप्लव समूहबाट नेता वास्तोला र सचिवालय सदस्य हेमन्तप्रकाश ओली , श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ सहिताका नेताहरु सहभागी थिए ।

आइतबार विहान ८ बजेतिर भएको भेटमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायत तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको थियो । प्रचण्ड र माधवले प्रतिबन्धको अवधिमा जेलमा परेका नेता कार्यकर्ता रिहा गर्नुका साथै मुद्धा फिर्ता लिने बचन दिएको सचिवालय सदस्य हेमन्तप्रकाश ओली बताएका छन् ।

अरु स्थानीय तहको चुनावी तालमेलका विषयमा समेत कुराकानी भएको उनले जानकारी दिएका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: