सेञ्चुरी बैंकको शताब्दी बचत खाता सार्वजनिक, ७ लाखसम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सकिने

Ad
  • Kalopati

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा बचतकर्ताको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता सार्वजनिक भएको छ । शताब्दी बचत खातामा ग्राहकले वार्षिक ८।०३ प्रतिशतको उच्च ब्याजदरका साथसाथै  ७ लाखसम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सकिने भएका छन् ।

यस खातामा  १ लाखसम्मको स्वास्थ्य बीमा,  १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र  ५ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ । शताब्दी बचतखाता खोल्दा ग्राहकलाई मोबाइल बैंकिंग, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिनेछ । यसका साथै शताब्दी खाता खोल्दा ग्राहकलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: