नयाँ वर्षको अवसरमा इसेवा मनी ट्रान्सफरले ल्यायो रेमिटोत्सव योजना, के-के छन् विशेषताहरु ?

Ad
  • Kalopati

काठमाडौं । विश्वभरका २०० बढी मुलुकबाट नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफरले नेपालीको नयाँ वर्ष २०७९ को अवसरमा रेमिट्यान्सको उत्सव ‘रेमिटोत्सव’ सार्वजनिक गरेको छ । यो योजना वैशाख १ गतेदेखि सुरु भई साउन ४ गतेसम्म १४ हप्ता सञ्चालन हुने भएको हो । रेमिटोत्सवमा दैनिक १ जनाले ५ हजार रुपैयाँ तथा योजनाको अन्त्यमा बम्पर उपहार विजेताले ५० हजार रुपैयाँको उपहार प्राप्त गर्ने भएका छन् ।

यस योजना आन्तरिक तथा बाह्य रेमिट्यान्स कारोबार दुवैमा लागू हुने छ । जसअन्तर्गत विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा रेमिट्यान्स पठाउने तथा नेपालभरि आन्तरिक रेमिट्यान्स पठाउने व्यक्ति पनि विजेताको हकदार बन्न सक्नेछन् । यो योजना क्यास, बैंक र वालेट ३ वटै माध्यममा रेमिट्यान्स पठाउनेका लागि लागू हुनेछ ।

त्यस्तै, विजेता स्वयं उपस्थित हुन नसकेको खण्डमा रेमिट्यान्स पठाएको व्यक्ति अथवा मनोनित व्यक्तिले उपहार दाबी गर्न सकिनेछ । दैनिक विजेता हरेक हप्ताको अन्त्यमा इसेवा मनी ट्रान्सफरको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने इसेवा मनी ट्रान्सफरको फेसबुक, इन्स्टाग्राम पेज र भाइबर कम्युनिटीमार्फत समेत सार्वजनिक गरिनेछ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: