नर्भिक अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य सुरु, अत्याधुनिक सुविधासहितको सेवा विस्तार गर्ने उद्देश्य

Ad
  • Kalopati

काठमाडौं । नर्भिक अस्पतालले आठ तले अत्याधुनिक भवन निर्माणको कामलाई नयाँ वर्षको दिनदेखि सुरुवात गरेको छ । हालको अस्पतालको पार्किङ स्थल क्षेत्रमा क्यान्सर उपचारको अत्याधुनिक सुविधासहितको सेवा विस्तार गर्ने उद्देश्यले भवन निर्माणको काम थालिएको हो । नर्भिकको आज २९ औँ वार्षिकोत्सव समेत हो । वार्षिकोत्सवको अवसर पारेर भवन निर्माणको कामको सुरुवात गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

अस्पतालको भवन निर्माणको जिम्मा रोशन कन्स्ट्रक्सन प्रालिले पाएको छ । अबको एक वर्षभित्र भवन संरचना नर्भिकलाई हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । कुल १ लाख ६५ हजार स्क्वायर फिटमा बन्न लागेको नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधा सम्पन्न हुनेछ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: