सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई २ लाख सहयोग, बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा खर्च गर्ने

Ad
  • Kalopati

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाइफ होमलाई आर्थिक सहयोग स्वरुप  २ लाखको चेक हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो १५ औँ वार्षिकोत्सव यही वैशाख ७ गते मनाउँदैछ। सोही उपलक्ष्यमा बैंकले उक्त संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । एक समारोहबीच बैंकले  २ लाखको चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरेको छ । बेबी लाइफ होममा रहेका २६ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने सञ्चालक पुनले जानकारी दिए । हरेक वर्ष बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक रुपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

यसैको निरन्तरतास्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: