पार्टीको अवस्था जानकारी गराउन नेकपा एमाले अध्यक्ष ओलीले विशेष पत्रकार सम्मेलन गर्दै

Ad
  • Kalopati

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वर्तमान अवस्था बारे नेता कार्यकर्तालाई जानकारी गराउन पत्रकार सम्मेलन गर्ने भएका छन् । त्यसका लागि ओलीले आज ११ बजे विशेष पत्रकार सम्मेलन गरि पार्टीको अवस्था बारे कार्यकर्तालाई जानकारी गराउन लागेका हुन् ।

अध्यक्ष ओलीले पार्टी स्थायी कमिटी बैठकका निर्णय स्पष्ट गर्न र पार्टीको पछिल्लो अवस्थादेखि देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा केन्द्रित रहेर आफ्ना धारणा राख्न पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

यस अघि हिजो नेता माधव नेपाललाई साथ दिँदै आएका १० जना एमाले स्थायी कमिटी सदस्यले ओली नेतृत्वकै एमालेमा फर्किएर पार्टीलाई बलियो बनाउने बताएका थिए ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: