दश बुँदे सहमति , मंसिरमा महाधिवेशन

Ad
  • Kalopati

८ भदौ, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने र आगामी मंसिर १० देखि पार्टीको १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ । मावधकुमार नेपाल छोडेका दश स्थायी कमिटी नेताहरु सहित बसेको बैठकले दश बुँदे सहमति कार्यान्वयन र महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले  पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील गराउने  र  दश प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायतका कामहरुका लागि सात सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ ।

कार्यदलमा भीम रावल, ईश्वर पोखरेल,  विष्णुप्रसाद पौडेल , घनश्याम भुसाल,  सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

मंसिरमा दशौं महाधिवेशन र असोजमा विधान महाधिवेशन गर्ने निर्णय  पनि भएको छ । बैठकले एमालेको पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारबाट अगाडि बढाउने र  सदस्यता नवीकरण असोज मसान्तभित्र गरिने निर्णय गरेको छ ।

त्यस्तै १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: