मानुषी लघुवित्त वित्तीय संंस्थाको आईपीओ बाँडफाँड, यी चार साइटबाट नतिजा हेर्न सकिने

Ad
  • Kalopati

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संंस्थाको आईपीओ आज बिहान बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही समयपछि मात्रै हेर्न मिल्ने बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी दिएको छ । संस्थाको आईपीओको नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

जस अनुसार मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com/  बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट https://iporesult.nsmbl.com.np/?, सिडीएससीको मेरो सेयरको वेबसाइट http://meroshare.cdsc.com.np , सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

आईपीओमा गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये भाग्यमानी ३ जनाले गोलाप्रथाबाट थप १/१ कित्ता सेयर पाउनेछन्। यस हिसाबले यस आईपीओमा २३ लाख १७ हजार ८८९ आवेदकको हात खालि भएको छ।

मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ०.५५ अर्थात ५ हजार ४६९ कित्ता कर्मचारी र ५५ अर्थात १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: