३०४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ को मृत्यु

Ad
  • Kalopati

नेपालभर  थप ३०४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १७ हजार ६५४ जनामा परीक्षण गर्दा थप ३०४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै  २६ जनाको मृत्यु र २२४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ  ।

यो सँगै नेपालभर कोरोना संक्रमितको कुल संख्या  ७ लाख ४४ हजार ३०७(पीसीआर विधिबाट ) र ७९ हजार ३४० (एन्टिजेन विधिबाट )जना पुगेको छ।

स्वास्थ्य मन्त्रालयको अनुसार संक्रमितमध्ये ६ लाख ९३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या १० हजार ४५५ पुगेको छ

Ad

RELATED POSTS

YOUR FEEDBACK: