नेप्से र धितोपत्र बोर्डका पदाधिकारीलाई कारबाही गर्न निर्देशन

Ad
  • Kalopati

४ भदौ, काठमाडौं । अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । पदाधिकारीहरुले मर्यादा विपरीत काम गरेको भन्दै अर्थ समितिले कारबाही अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

शुक्रबार बसेको समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मर्यादा विपरीत काम गरेको निष्कर्ष निकालेको हो ।

अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले परिवारका सदस्यहरुको नाममा शेयर खरिद गरेर पदीय मर्यादा तोडेको भन्दै चर्को आलोचना भइरहेका बेला समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मर्यादा विपरीत काम गरेको निष्कर्ष निकालेको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: