देशभर ३०७५ संक्रमित थपिए, १६८ जना भेन्टिलेटरमा

Corona Update
Ad
  • Kalopati

पछिल्लो २४ घण्टामा  नेपालभर ३०७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ भने  बिहीबार मात्र सक्रिय संक्रमितको संख्या ४० हजार ५०० पुगेको हो ।

संक्रमितमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा रहेका छन् भने  पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु हुँदा २१२६ जना संक्रमणमुक्त भएका हुन् ।

हालसम्म  पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४२ हजार २२८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७८ हजार ३७७ मा  कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६ लाख ९१ हजार २९९ जना निको भएका छन् भने मृतकको कुल संख्या १० हजार ४२९ पुगेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: