मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओमा पर्यो ८३.१० गुणा बढी आवेदन

Ad
  • Kalopati

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओमा ८३.१० गुणा बढी आवेदन परेको छ । सीडीएसका अनुसार २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४३० कित्ताका लागि ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ८३.१० गुणा धेरै हो ।
त्यसैले कम्पनीको सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।

३ लाख ६८ हजार ५९३ कित्तालाई आधार मान्दा ३६ हजार ८५९ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ भने २३ लाख ६६ हजार १९५ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको ३६५ अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ खुला गरेको हो ।

जसमध्ये ०.५५ अर्थात ५ हजार ४६९ कित्ता कर्मचारी र ५५ अर्थात १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो ।बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: