नेपाल शिक्षक महामसंघको धर्ना कार्यक्रममा प्रहरीले गर्यो हस्तक्षेप, ४० जना शिक्षक प्रक्राउ

Ad
  • Kalopati

काठमाडौं । विगत लामो समयदेखि ३४ बुँदे माग राख्दै आन्दोलनमा रहेको नेपाल शिक्षक महामसंघको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिने तयारी गरिरहेको बेला शिक्षकहरु पक्राउ परेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भेला भई १० बजेदेखि १ बजेसम्म धर्ना दिने उनीहरुको कार्यक्रम थियो । आफ्ना पुरा गराउन प्रधानमन्त्री कार्यालय बालुवाटारमा धर्ना दिन जाने क्रममा प्रहरीले ४० जना शिक्षकहरुलाई प्रक्राउ गरेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।

उनले भने, ‘हामी हाम्रो कार्यक्रम शान्तिपुर्ण वातावरणमा गर्न जाँदै थियौँ । प्रहरीलेबीच बाटोबाट नै प्रक्राउ गर्‍यो ।’ गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रवन्धमा परिवर्तन गर्नुपर्ने, नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ३० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, प्रारम्भिक बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउनुपर्ने लगायतका १४ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघले गत बैशाखदेखि चरणबद्घ आन्दोलन गर्दै आएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: