फेरी बढ्यो सुनको मुल्य , हेर्नुहोस् कतिमा हुँदै छ कारोबार ?

Ad
  • Kalopati

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ बढेको छ । आज प्रति तोलामा २०० रुपैयाँले बढेर ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य ८८ हजार ७५० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । प्रति तोलामा १० रुपैयाँले घटेर एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: