साल्ट ट्रेडिङ्ग कर्पोरेशनद्धारा वित्तीय विवरण प्रकाशित, नाफा २४.२२ प्रतिशत कम

Ad
  • Kalopati

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।

गत असार मसान्तसम्ममा कम्पनीले ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२२ प्रतिशत कम हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६.८० प्रतिशत बढेको छ भने कुल नाफा १.८० प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको चुक्ता पूँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष २।२७ प्रतिशत बढेको छ।

खुद नाफा घटेपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १४ पैसा घटेर २० रुपैयाँ ८० पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ४५५ रुपेयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७३.५९ गुणा रहेको छ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: