विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई आजै नियुक्त गर्ने तयारी

Ad
  • Kalopati

काठमाडौं । आज सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिको प्रस्ताव पेस गर्ने भएकी हुन् । सो बैठकबाट ऊर्जामन्त्री भुसालले पेस गरेको प्रस्ताव पारित भएमा घिसिङले प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी पाउनेछन् ।

यता प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्री भुसाललाई केहि दिन अघिनै प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई पुनः नियुक्त गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले हलका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेकी थिइन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: