सुनको सिक्री लुटपाट गरेको आरोपमा एक युवक पक्राउ

Ad
  • Kalopati

काठमाडौं। प्रहरीले सुनको सिक्री लुटपाट गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर आरुवारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-२ तातोपानी घर भएका २२ वर्षीय अन्जित सुवेदी रहेका छन् ।

सुवेदीले बुढानिलकण्ठ नगरपालिका- १० कपन आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

सानुले आफू बस्ने घरको गेट बन्द गर्ने क्रममा घाँटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीयहरुको सहयोगमा पक्राउ गरेको जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: