गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार

Ad
  • Kalopati

काठमाडौं । गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । सरकारमा सहभागी दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका नेताहरु संलग्न भएको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको हो ।

कार्यदलले तयार पारेको मस्यौदालाई यी तीनवटै दलका शिर्ष नेता बसेर अन्तिम रुप दिने कार्यक्रम छ । कार्यदलले शुक्रबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा सहित शिर्ष नेताहरुलाई गठबन्धन सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेर बुझाएको कार्यदलका सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए ।

सरकारका न्यूनतम साझा कार्यक्रम तयार भएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने सत्ता गठबन्धनका नेताहरुले बताउँदै आएका छन् । असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझैसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । अहिले मन्त्रिपरिषदमा प्रधानमन्त्री देउवासहित एक राज्यमन्त्री र ५ मन्त्री छन् ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: