डडेल्धुराको पर्शुराम नगरपालिकाले गर्यो भारतीय सीमामा अलपत्र ३९ जनाको उद्धार

Baitadi
Ad
  • Kalopati

डडेल्धुरा, वैशाख ३१ ।
डडेल्धुराको पर्शुराम नगरपालिकाले भारतका विभिन्‍न ठाउँबाट आएर भारतीय सीमामा अलपत्र परेका ३९ जनाको उद्धार गरेको छ ।  केही दिन पहिलेदेखि आएर सीमामा अलपत्र परेका नगरवासीलाई एम्बुलेन्स पठाएर नगरपालिका ल्याइएको नगरप्रमुख भीम साउँदले जानकारी दिए ।

 
उनले भने, “सोमबार र मंगलबार गरी ३९ जनाको उद्धार गरिएको छ । भारततर्फबाट भारतीय प्रशासनलाई आग्रह गरेर उताको प्रशासनले नेपालको सीमासम्म छोडिदियो । कञ्‍चनपुरको प्रशासनलाई आग्रह गरेर महेन्द्रनगरसम्म ल्याइदियो । त्यहाँबाट हाम्रो नगरपालिकाबाट गएको एम्बुलेन्सले पर्शुराम नगरपालिका ल्याएको छ ।“ 

भारतबाट उद्धार गरेर ल्याइएका सबैलाई क्‍वारेन्टाइनमा राखिएको नगरप्रमुख साउँदले बताए । उनले भने, “उनीहरु सबैलाई जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएको छ । १४८ बेड भएको क्‍वारेन्टाइनमा अहिले सोमबार र मंगलबार राति उद्धार गरिएका ३९ जना, यसअघि दार्चुला र बैतडीको सीमाबाट उद्धार गरिएका र महाकाली तरेर आएकाहरु गरी ६० जना छन् ।“ 

नगरप्रमुख साउदका अनुसार यसअघि दार्चुला र बैतडीबाटसमेत नगरबासीको उद्धार गरिएको थियो । उनीहरुको १४ दिनपछि पीसीआर परीक्षण गरेर घर फर्काइने छ । जोगबुढा अस्पतालमा ८ आइसोलेसन बेडसमेत राखिएको उनले जानकारी दिए । कोरोना परीक्षणका लागि किट अभाव भएकोसमेत उनले गुनासो गरे । 

उनले भने, “यहाँ नमुना संकलन गरेर धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाउने गरेका छौं । नमुना संकलनका लागिसमेत किट अभाव भएको छ ।“

Ad

RELATED POSTS

YOUR FEEDBACK: