आईतबार दिउँसोको हावाहुरीका कारण कञचनपुरमा पोल खस्दा, विद्युत सेवा अवरुद्ध

कञ्चनपुर
Ad
  • Kalopati

कञ्चनपुर, वैशाख २९ । 
कञ्चनपुरमा आईतबार दिउँसो करीव २ बजे तिर आएको हावाहुरीका कारण कञचनपुरमा ५० वटा विद्युतका पोल ढलेका छन्।

नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जिल्लाका विभिन्न क्षेत्रमा करिब ५० वटा पोल ढलेको जनाएको छ।

महेन्द्रनगर वितरण केन्द्र प्रमुख जंगबहादुर चन्दले एक्कासी आएको हावाहुरीले जिल्लाका विभिन्न स्थानमा अहिले सम्म ५० जति पोल ढलेको पाईएको बताए। उनले ठाउँ ठाउँमा पोलहरु ढलेपछि आईतबार साँझदेखि नै विद्युत सेवा अवरुद्ध भएको छ ।

महेन्द्रनगर वितरण केन्द्रले सेवा दिईरहेका भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, महाकाली नगरपालिका सहितका पाँच वटा स्थानीय तहमा विद्युत सेवा अवरुद्ध भएको हाृे।

आज बिहानैदेखि पोल ढलेका क्षेत्रमा अर्को पोल राख्ने तथा लाईन मर्मत सम्भारको काम सुरु भईसकेकाले सकभर साँझ सम्म पूर्ण रुपमा सेवा सञ्चालनमा ल्याउने तयारी रहेको छ । तर सबै क्षेत्रमा भने विद्युत अवरुद्ध नभएको उनको भनाइ छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: