धनगढी उपमहानगरपालिकाले २ करोड ६१ लाखमा खरिद गरेको खाद्यान्नमा कुहिएको चामल, स्थानिय आन्दोलित

कुहिएको चामल
Ad
  • Kalopati

धनगढी, बैशाख २९ ।
कोरोना भाइरसका कारण देशभर लकडाउन गरिएको छ । देशव्यापि रुपमा समस्यामा परेका गरिब तथा विपन्न परिवारलाई राहत वितरणका लागि सरकारले राहतको प्याकेज ल्यायो । तर धनगढी उपमहानगरपालिकामा जनतालाई भोकबाट बचाउन गरिएको राहतको चामल नै परेपछि जनता आक्रोशित बन्दै गएका छन् ।

सोमबार धनगढी उपमहानगरपालिकाले वडा नम्बर ४ उत्तरबेहडी, शिबपुरी धाममा वितरण गरेको राहतमा कुहिएको चामल भेटिपछि विरोध चर्किएको छ । प्रदेश सरकारले स्थानिय तहहरुका लागि भन्दै पठाएको २ करोड ६१ लाखको चामलमा कुहिएको पाइएपछि राहत रकममा अनियमितता भएको भन्दै आमजनताले राहत बहिस्कार गरेका छन् ।

प्रदेश सरकारबाट बाट उपलब्ध भएको २ करोड ६१ लाखमा धनगढी उपमहानगरपालिकाले गेटामा रहेको ठाकुर एग्रो इन्डष्ट्जि प्रा।ली। संग सम्झौता गरेको थियो । आपुर्तिकर्ताको रुपमा रहेको ठाकुर एग्रो इन्डष्ट्जि प्रा.ली. ले उपलब्ध गराएको चामल वडा नम्बर ४, शिवपुरीधाममा वितरण गर्दा कुहिएको भेटिएपछि विवाद बढ्दै गएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले राहत वितरणको कार्यविधि बनाए लगत्तै खाद्यान्न होइन नगद दिउँ भन्ने आवाज उठिरहँदा पनि उक्त आवाजलाई वेवास्ता गर्दै मनोमानि रुपमा गरिएको खाद्यान्न वितरणका कारणले यतिबेला आफुहरुले पाउनुपर्ने राहतमा भ्रष्टाचार र अनियमितता भएको आशंका गरिएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: