नेपालमा थप ८ जनाले जिते कोरोना संगको लडाई, यो सँगै निको हुनेको संख्या ३० पुग्यो

coronaa
Ad
  • Kalopati

काठमाडौ, वैशाख २६ ।
कोरोना भाइरस संक्रमण देखिएपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका थप ८ जना शुक्रबार निको भएर घर फर्किएका छन् । निको हुनेमा ७ जना नेपाली र १ जना भारतीय नागरिक रहेका छन् । उनीहरुको लगातार दुईपटक कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज भएका सबैलाई गत वैशाख ८ गते कोरोना संक्रमण देखिएको थियो । यसअघि बुधबार मात्रै कोशी अस्पतालबाटै ६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका थिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३० पुगेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: