खुसी हुँदै घर फर्किईन धनगढीकी ३४ बर्षीय कोरोना संक्रमित महिला

संक्रमित महिला डिस्चार्ज
Ad
  • Kalopati

धनगढी, वैशाख २६ ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिला पनि डिस्चार्ज भएकी छिन्। लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताए।

३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो।

त्यस्तै, लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट पहिले नै डिस्चार्ज भईसकेका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: