बिनाकारण गिरफ्तार गरीएका नेता–कार्यकर्तालाई तत्काल रिहाइ गर्न विप्लवको अपिल

Ad
  • Kalopati

काठमाडौँ, वैशाख २४ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रकाशन विभाग इन्चार्ज अनिल शर्मा ‘विरही’ लगायत नेता–कार्यकर्तालाई सरकारकाले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहाइका लागि अपिल गरेका छन् । 


महासचिव विप्लवले बुधबार वक्तव्य जारी गर्दै कोरोना सङ्क्रमणको महामारीका कारण पार्टीको कारबाही स्थगनलाई बेवास्ता गर्दै केपी सरकारले आतङ्क र हिंसा मच्चाउन खोजिरहेको पनि बताएका छन् ।

महासचिव विप्लवले भनेका छन्, ‘आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।’ उनले केपी सरकारको अमानवीय दमनको व्यापक भन्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन पनि गरेका छन् ।

विप्लवद्धारा जारी विज्ञप्ति:

रिहाइ गर्न विप्लवको अपिल

Ad

RELATED POSTS

YOUR FEEDBACK: