सुदूरका नागरिकः भारतमा अलपत्र, नाकामा विचल्लि, घर पुगे क्वारेन्टाइनमा विजोग

सुदूरपश्चिमका नागरिक अलपत्र
Ad
  • Kalopati

धनगढी, जेठ १५ ।
भारतमा अलपत्र परेका सुदूरपश्चिमका हजारौँ नेपाली नागरिक स्वदेशमा पनि निकै कष्ठकर जिवन बिताउन बाध्य बनेका छन् । भारतका विभिन्न सहरबाट आएको नेपाली नागरिकले सिमानाकामा आईपुग्दासम्म भोग्नुपरेको पिडा र समस्या भन्दा स्वदेश प्रवेश गरी आफ्नै अभिभावको मातहतमा बस्दा झनै पिडा खेप्नुपरेको दुखेसो पोख्न थालेका छन् । आफ्नै गाउँगाउँमा सिंह दरबार हुँदा पनि जनताले आफुहरुको पिडा र समस्या नबुझ्ने अभिाभावक पाएको तर्क सुदूरपश्चिमका नागरिकले गर्न थालेका छन् ।

भारतमा अलपत्र सुदूरपश्चिमका हजारौँ नागरिकः
कोरोना भाइरसका कारण सारा विश्व आतंकित र त्रसित बनेको छ । लगातार भारतमा कोरोना संक्रमितको संख्या बढेपछि भारतका विभिन्न सहरमा रोजगारीका लागि पुगेका सदूरपश्चिमेली नागरिक दैनिक त्रासपुर्ण जिवन बिताईरहेका छन् । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल भारत दुवै देशमा लकडाउन र सिमानाका बन्द गर्ने निर्णयसँगै सुरुवाती चरणमा झण्डै डेढ लाख नागरिक सुदूरपश्चिमको गौरिफन्टा र गड्डाचौकी भएर नेपाल भित्रिएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

अझैपनि भारतबाट नेपाल फर्किने नागरिकको भिड रोकिएको छैन । २ महिना देखि रोजगारी गुमाएर भारतका विभिन्न सहरमा बसेका सुदूरपश्चिमेली नागरिक दैनिक आफ्नो व्यथा विभिन्न माध्यमबाट प्रस्पोटन गर्दै आएका छन् । न खानाको व्यवस्था न बस्नको व्यवस्था । रासन किनेर खाने पैसा सकिएपछि बस्दै आएको घरभाडा तिर्न नसक्दा स्वदेस पुग्ने आशमा बाटो लागेका हजारौँ सुदूरपश्चिमेली नागरिक कोहि बाटोमै त कोहि विभिन्न सहरका क्वारेन्टाइनमा अलपत्र परेका छन् ।

मातृभुमी प्रवेश गर्न सिमानाका पुगेका नागरिकको विचल्लिः
पछिल्ले केहि दिनयता भारतका विभिन्न सहरबाट मातृभुमी प्रवेश गर्नेभन्दै सुदूरपश्चिमसँग जोडिएका सिमानाकामा पुगेको हजारौँ नेपाली विचल्लिमा परेका छन् । भारतको दिल्लि, राजस्थान, पिलिभित, गड्वाल, बेंगलोर, मुम्बई, कलकत्ता, महाराष्ट्र, पुना लगाएतका विभिन्न सहरहरुबाट हजारौँको संख्यामा आएका नागरिक सिमानाकामा आईपुग्दा विचल्लिमा परेका हुन् ।

भारत सरकारले स्वदेश फर्किन चाहने नेपालीहरुका लागि नाकासम्म पुग्ने पास र रेल सेवा सञ्चालन गरेलगत्तै अलपत्र परेका सुदूरपश्चिमेली नागरिकहरु धमाधम स्वदेशको यात्रामा निस्किएका छन् । एकैपटक हजारौँ नागरिक नाकामा पुग्दा नेपाल सरकारको अग्रिम पहल र व्यवस्थापनको अभावका कारण सिमामै नेपाली नागरिकहरु कष्ठकर जिवन बिताउन बाध्य बनेका छन् । गर्मिको समयमा न खानाको व्यवस्था छ न त पानीको । चर्को गर्मि छेल्ने ओत नहुँदा नाकामा पुगेका २ महिने शिशुदेखि ७० वर्षका वृद्ध निकै मर्कामा परेका देखिन्छन् ।

क्वारेन्टाइनमा बिजोगः
लाखौँ प्रयासका बाबजुत सिमानाकामा अलपत्र परेका सुदूरपश्चिमेली नागरिकलाई गृहजिल्ला पठाउने पहल गरियो । परिक्षण बिना नै गृहजिल्ला पठाईएका नागरिकलाई सम्भावित जोखिमको मध्यनजर गर्दै स्थानिय तहमै क्वारेन्टाइनको व्यवस्था गरिएको छ । तर क्वारेन्टाइनको बास बनबास भन्दा पनि कठोर भएको भन्दै आम सुदूरपश्चिमेली नागरिकले गुनासो गर्न थालेका छन् ।

सुदूरपश्चिमका विभिन्न स्थानिय तहमा निर्माण गरिएका क्वारेन्टाइनको अवस्था निकै बिजोग देखिन्छ । एउटै कोठामा सयौँ बस्नुपर्ने बाध्यता रहेका क्वारेन्टाइनमा न गर्मि छल्न पंखाको व्यवस्था छ न प्रयाप्त शौचालय । कतै क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई वडाले वितरण गरेको खाना नै सडेको भेटिन्छन् । गुणस्तरहिन खाना खुवाएपछि कोरोना भाइरस भन्दा पहिला अन्य माहामारीले मरिने डरले भोकै सुत्न बाध्य भएका दर्दानाक सन्देश पनि बाहिरिका छन् ।

प्रवासमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न चुकेको सुदूरपश्चिम प्रदेश सरकार स्वदेश पुगेको नेपाली नागरिकको व्यवस्थापन गर्नबाट पनि पुर्णरुपमा असफल बनेको छ । आफ्नै देशमा पनि यस्तो पिडा सहनुपर्दा आफुहरुको अभिभावक नै नभएको गुनासो आम नागरिकले गर्न थालेका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: