लम्किको क्वारेन्टाइनमा सडेको खाना, खाना नै गुणस्तरहिन भएपछि भोकै सुत्न बाध्य

सडेको खाना
Ad
  • Kalopati

कैलाली, जेठ १४ । लम्किमा स्थानिय सरकारले वितरण गरेको खाना सडेको पाईएको छ । कैलालीको लम्किस्थित लम्कि बहुमुखी क्याम्पसमा बनाईएको क्वारेन्टाइनमा बसेका क्वारेन्टाइनबासीका लागि स्थानिय सरकारले बाँढेको भात र दाल सडेको भेटिएको हो ।

भारतका विभिन्न सहरमा कोरोना भाइरसका कारण अलपत्र परेका नेपाली नागरिक स्वदेश फर्किएलगत्तै सुरक्षा र संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै जोखिम न्युनिकरणका लागि स्थापना गरिएको क्वारेन्टाइनमा सडेको खाना वितरण गरिएपछि विरोध सृजना भएको छ ।

समाज र देशका लागि स्थानिय सरकारले व्यवस्था गरेको मापदण्ड र नीतिलाई आत्मसाथ गर्दै क्वारेन्टाइनमा बस्न तयार भयौँ । तर बाँच्नका लागि अति आवश्यक मानिने खाना नै सडेको वितरण गरिएपछि हामीलाई कोरोनाका कारण ले भन्दा सडेको खानाका कारण लाग्न सक्ने अन्य महामारीको डर भएको छ । क्वारेन्टाइनमा बसेका एक व्यक्तिले भने, हाम्रा लागि दिएको खाना नै गुणस्तरहिन भएपछि भोकै रात कटाएका छौँ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: