आइसोलेसनमा मृत्यु भएका पुरुष र क्वारेन्टाइनमा मृत्यु अध्यक्ष दुवैको नमुना संकलन, आजै परिक्षण हुने

सेती अस्पताल
Ad
  • Kalopati

धनगढी, जेठ १४ ।
कञ्चनपुरमा मृत्यु भएका वडा अध्यक्ष र भारतको महाराष्ट्रबाट फर्कि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएको दुवै जनाको पिसिआर परिक्षणका लागि नमुना संकलन गरिएको छ ।

बुधबार बिहान आईसोलेसनमा मृत्यु भएका गौरीगंगा नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुष र कञ्चनपुरको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडा अध्यक्षको मृतपछि स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।

वडाको क्वारेन्टाइनको व्यवस्थापनमा खट्दै आएका अध्यक्ष राना गयराती एक्कासी बेहोस भएका थिए । बेहोस भएपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरु दुवैजनाको आज नै धनगढी प्रयोगशालामा कोरोना परीक्षण गरिने अस्पताल स्रोतले बताएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: