बैतडिमा आरडीटी किट अभावः कोरोनाको उच्च जोखिम, जनसमुदायमा बढ्यो चिन्ता

टेष्ट किट
Ad
  • Kalopati

बैतडी, जेठ १३ । (टेक सिंह धामी)
बैतडीमा आरडीटी किट अभाव को समस्या खड्किएको छ । हालसालै मात्र बैतडीमा भारतबाट दिन प्रतिदिन चेकजाँच नगरेरै गाउँ फर्किनेको संख्या बढिरहेकाले अहिले यहाँका स्थानियमा कोरोनाको त्रासमय वातावरण बनेको छ। भारतबाट आउनेको संख्या बढे संगै जिल्लामा तिनीहरुको टेस्ट गर्ने र्यापिड टेस्ट (आरडीटी) किटको अभाव देखिएको छ ।

जिल्लाको सबैभन्दा बढि भारतवाट आउने पञ्चेश्वर, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाका सिगास गाउँपालिका रहेका छन्। भारतवाट आउने सबैलाई स्थानियतहले क्वारिन्टीनमा राखेको छ। यी स्थानियतह संग र्यापिड टेस्ट (आरडीटी) किट भने छैन् ।

स्थानियतहका भारतमा रहेकासबै घर आउने हो भने स्थानियतहमा क्वारिन्टीनको समस्याहुने पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख वहादुर चन्दले वताए। ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सुदुरपश्चिम समाजिक विकास मन्त्रालयलाई आरडीटी किट माग लागायत स्वाब परिक्षणको लागि पत्र पठाएका छौँ’ उनले भने। अहिले पञ्चेश्वर गाउँपालिकाका मात्र भारतमा ३ हजार ८५ जना रहेका छन् जस मध्ये ३३८ जनामात्र फर्किएका छन्। यिनीहरु आएको चार दिन हुँदा सम्म र्यापिड टेस्ट (आरडीटी) गर्न सकिएको छैन्। अझै आउने क्रम जारी छ ।

शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकामा पनि दिनप्रतिदिन भारतबाट आउनेको संख्या बढिरहेको छ। दुई स्थानियतहमा पनि पञ्चेश्वरको जस्तै समस्या रहेको छ। शिवनाथले पनि ¥यापिड डाइगा्रेस्टिक टेस्ट (आरडीटी) किट र स्वाब परिक्षणको माग गरेको गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले वताए। शिवनाथका २ हजार ८५० जना भारतमा रहेका छन् जसमध्ये ५०५ जना फर्किसकेका छन्। फर्किएका कसैको पनि र्यापिड टेस्ट (आरडीटी) चेक गरिएको छैन्।

जिल्ला भरिका सबै स्थानिय तहका क्वारिन्टीनमा १ हजार ७४३ जना रहेका छन्। जिल्लामा जम्मा ४२० मात्र ¥यापिड डाइगा्रेस्टिक टेस्ट (आरडीटी) किट रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेस भट्टले वताए। जिल्लामा पठाएका तिन जना डाक्टरलाई पनि फिर्ता वोलाएले याहाँका जनतामा झन त्रास फैलिएको छ।

जिल्ला अस्पातालमा तिन बेडको आइसोलेसन छ। आईतबार आठ प्रहरीमा ¥यापिड डाइगा्रेस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएको थियो। तिनलाई बसपार्कमा टेन्ट निर्माण गरि राखिएको स्वास्थ्य कार्यालयले वताएको छ। शनिबार भारतबाट आउँदै गरेका शिवनाथका ४ जनामा कोरोना पोजेटिभ देखिएको थियो। पञ्चेश्वर, शिवनाथ मेलौलीका क्वारिन्टीनमा वसेका पनि यिनै चारजना संक्रमित संग आएका थिए। यसले गर्दा यहाँका स्थानिय झनै त्रसित बनेका छन्।

Ad

RELATED POSTS

YOUR FEEDBACK: